सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

शिखर इन्सुरेन्सले चैत ९ गते बोलायो दुई वर्षको एजीएम, बोनसपछि ३०% हकप्रद

 
काठमाडौं : शिखर इन्सुरेन्सको दुई वर्षको वार्षिक साधारण सभा चैत ९ गते बस्ने भएको छ । इन्सुरेन्सले आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को साधारण सभा एकैपटक बोलाएको हो । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

कम्पनीले गत वर्षको नाफाबाट २७.७६% बोनस सेयर र कर प्रयोजनको लागि १.४६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । शिखरको उक्त लाभांश ३०% हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि पाउनेछन् । यसले गत साउनमा ३०% हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

यसले प्रस्तावित बोनस सेयरपश्चात कायम हुने चुक्ता पुँजीको पुनः ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने जनाएको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने सेयर  पुँजीमा सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने विशेष प्रस्ताव गरेको छ । हाल संस्थापक सेयर पुँजीको हिस्सा ६०% रहेको छ भने सर्वसाधारणको ४०% छ ।

‘सेयर कन्भर्जन’ पछि संस्थापक सेयरको हिस्सा ५१% र सर्वसाधारणको हिस्सा ४९% पुग्नेछ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव छ । सभा प्रयोजनको लागि फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । 

साभार : नेपाली पैसा

Post a Comment

0 Comments