सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

कोरोना संक्रमणबाट चार वर्षे बालिकासहित ७ जनाको मृत्यु

 

१५ भदौ, कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि भएको छ । महोत्तरीका चार बर्षिया बालिकासहित दुई जना र चितवन, रुपन्देही, गोरखा, पर्सा र झापाका एक-एक जनाको मृत्यु भएको हो ।

  • भरतपुर-६, चितवनका ७८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ । २ भदौमा संक्रमण पुष्टि भएका उनको आईसीयूसहित भेल्टिलेटरमा उपचार भइरहेको थियो ।
  • मनरा सिस्वा नगरपालिका-४ महोत्तरीकी ४ वर्षीया बालिकाको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । उच्च ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल लगिएकी उनलाई संक्रमण पुष्टि भएको थियो ।
  • मनरा सिस्वा नगरपालिका-४ महोत्तरीका ३५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि १० भदौमा काठमाडौं ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । उनी हेल्थ असिस्टेन्टसमेत भएको खुलेको छ ।
  • तिलोत्तमा नगरपालिका-५, रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ । ११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा थिइन् । आइतबार साँझ स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
  • वीरगञ्ज महानगरपालिका-२४, पर्साका ८० वर्षीय पुरुषको कोरोना अस्पताल वीरगञ्ज हेल्थकेयरमा सोमबार दिउँसो मृत्यु भएको छ । १३ भदौमा नारायणी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि आईसीयूमा सारिएको थियो ।
  • आरुघाट गाउँपालिका-४ गोरखाकी ६५ वर्षीया महिलाको वीरेन्द्र सैनिक अस्पतालमा मत्यु भएको छ । ४ भदौमा अस्पताल भर्ना भएकी उनलाई १३ गते संक्रमण पुष्टि भएको थियो र त्यसै दिन मृत्यु भएको हो ।
  • झापाका ८६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
साभार : OnlineKhabar

Post a Comment

0 Comments