सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

सेयर बजारमा पहिरो, सुधार नहुँदाको असर

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९६ अंकले घट्यो । सर्किट ब्रेकसम्बन्धी नयाँ नियम आएपछिको यो पहिलो रेकर्ड हो । साताको दोस्रो दिन नेप्से परिसूचकमा  ‘भिषण पहिरो’मात्रै आएन दुई पटक सर्किट लागेर डेढ घण्टामै आजका लागि कारोबार रोकियो । १२ बजेर ४६ मिनेट जादा ५ प्रतिशतले घटेर ४० मिनेटका लागि रोकिएको बजार पुनः १ बजेर २९ मिनेटमा ६ प्रतिशतले घट्यो । ६ प्रतिशतले घटेसँगै ३ बजेसम्म खुला हुने बजार १ः२९ मै बन्द भयो ।
अघिल्लो साता लगातार बढेको नेप्से परिसूचक यस साताको पहिलो दिन आइतबार नै ४० अंक माथिले बटेको थियो । बजार धेरै माथि जाने भए पनि बीचमा सुधार हुँदै जानुपर्छ । गत सोमबार २ अंकले सुधार भएको बजार त्यसपछि भने सुधार हुन सकेन । यसैकारण लगानीकर्तामा केही शंका भने थियो । साताको पहिलो दिन आइतबार ४० अंक माथिले बजार घटे पनि अघिल्लो साताको सुधारका रुपमा लगानीकर्ताले हेरेका थिए ।यसकारण धेरै लगानीकर्ताहरु सोमबार बजार उकालो लाग्नेमा आशावादी थिए । तर, बजार उकालो लाग्नुको सट्टा उल्टो सर्किट ब्रेक लाग्यो । सोमबार बजारको यो अवस्थाबारे सेयर बजारका जानकारहरु आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
आइतबारको अवस्थालाई करेक्शन भनेका लगानीकर्ताहरु सोमबारको कारोबार पछि भने मनोवल नै घटेको प्रतिक्रिया दिएका छन् । केहीले आइतबार र सोमबारको बजारलाई राजनीतिक कारण भएको पनि प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा लगानीकर्ताहरुले नरुचाएका पात्र हुन् । सेयर बजारका विषयमा मनपरि बोलेका कारण बजार घटेको भन्दै अर्थमन्त्री खतिवडाको लगानीकर्ताको एक समूहले राजीनामासमेत माग गरेको थियो । केही दिन अघि बढेको बजारलाई अर्थमन्त्रीको सांसद पद सकिन लागेको विषयलाई केही लगानीकर्ताले जोडेका थिए । आइतबार र सोमबार बजार घटेपछि पुनः त्यही विषयलाई जोड्दै खतिवडाले नै अर्थमन्त्रीमा निरन्तरता पाउने भए पछि यस्तो अवस्था सिर्जना भएको बताउँछन् ।
जानकार भन्छन्– डराइहाल्नुपर्ने अवस्था छैन
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार आइतबार र सोमबारको बजारको अवस्था हेरेर डराइहाल्नुपर्ने अवस्था आइनसकेको बताउँछन् । अझै बजार माथि जाने प्रशस्त सम्भावनाहरु रहेको अध्यक्ष रौनियारले बताए । यद्यपि, सोमबारको बजारलाई ‘करेक्शन’ मात्रै भने भन्न नहुने उनले बताए । बढ्दाखेरि किन्न हौसिहाल्ने र घट्न शुरु भएपछि बेच्न हतारिने प्रवृत्तिका कारण सोमबारको नतिजा आएको उनले बताए । विशेष गरेर नयाँ लगानीकर्ताहरुको मनोवल घटेको उनले बताए । ‘आत्तिहाल्नु पर्ने अवस्था छैन, गत साता एकदमै फास्ट ट्रयाकले बढ्दा यस्तो असर आयो’ अध्यक्ष रौनियारले भने, ‘तर कसैले डराउनुपर्ने म देख्दिनँ । बजार घटे पनि कारोबार रकम धेरै देखिएको छ ।’
मूल्य घटबढमा आर्थिक कारण जिम्मेवार छ कि राजनीतिक ? भन्ने प्रश्नमा छोटेलाल भन्छन्, ‘पहिले थियो पक्कै पनि, तर अर्थमन्त्रीको इस्यू अहिले हुँदै होइन ।’ अहिले अर्थमन्त्री खतिवडाले सेयर बजारबारे सकरात्मक नै बोल्दै हिँडेका कारण अहिले बजार घट्नु वा बढ्ने विषयमा अर्थमन्त्रीलाई जोड्न नहुने बताए । अर्थमन्त्री भएको केहि समयसम्म नकरात्मक धारणा खतिवडाले देखाएको र त्यसको असर बजारमा पनि परेको भए पनि अहिले भने असर पर्ने कुनै अवस्था नरहेको रौनियारले बताए । ‘शुरुशुरुमा अर्थमन्त्रीले बोलेका कारण बजारमा असर नकारात्मक गरेको पक्कै हो, अहिले अर्थमन्त्री सकरात्मक नै हुनुहुन्छ’ उनले भने, ‘वहाँ बसेर बजार बिग्रने हुँदैन, पहिले वहाँको मन अमिलो थियो अहिले छैन ।’
बजार सुधार हुने धेरै कारणहरु रहेको भन्दै उनले लगानीकर्ताहरुलेअ आत्तिन नहुने बताए । बैंकबाट सहजै ऋण पाउने अवस्था रहेको तथा ब्याज समेत सस्तो रहेको भन्दै उनले यसले पनि बजारलाई राम्रै फाइदा हुने बताए । कोरोना भाइरसका कारण चीनतर्फ जाने नगद पनि नगएका कारण त्यो सेयर बजारमा नै प्रवेश हुने सम्भावना रहेको उनले बताए । शेयर बजारका विश्लेषक तथा फोरमकै निवर्तमान अध्यक्ष अम्किाप्रसाद पौडेल पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउछन् । बजार घटबढ हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने उनको धारणा छ । सोमबारको अवस्थाले अलिकति आशंका उब्जाए पनि यसबाट डराइहाल्न नहुने उनले बताए । उनले केही दिनयता बढेको बजारलाई वर्षातको मौसममा तुलना गरे ।
वर्षातमा एक दिन पानी परेन भनेर आत्तिन नहुने उनले बताए । उनले सामाजिक सञ्जालमै लेखेका छन्, ‘वर्षातको मौसममा एक दिन पानी परेन भनेर हलो–कोदालो फालेर कृषक घरमा बस्यो भने कार्तिकमा कुन बाली भित्र्याउँछ ?’
लगानीकर्ताका आ–आफ्नै धारणा
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुका विभिन्न संघ संगठनहरु छन् । अर्थमन्त्रीले केही बोलिहाले विज्ञप्ति निकालिहाल्ने र बजार सुधारका लागि पहल गर्ने संगसगठनहरु यतिबेला केही मत्थर जस्ता छन् । कुनैबेला बजार सुधारका लागि आमरण अनसन नै बसेका लगानीकर्ताहरु अहिले चुपचाप नै छन् । लगानीकर्ताका नेताहरुको धारणा भने फरक–फरक छ ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अस्वभाविक रुपमा बढेका कारण बजार अहिले अस्वाभाविक रुपले नै घटेको बताउँछिन् । अहिले बजार ओरालो लाग्नुमा लगानीकर्ताको मनोवल पनि एक कारक भएको अध्यक्ष पोखरेले बताइन् ।
लगानीकर्ताहरुकै अर्को संगठन सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेल हिजो र आजको बजारलाई घटेको नभई सामान्य सुधार भएको बताए । यसमा राजनीतिक कुराहरु जोड्न नहुने पनि बताए । अर्थमन्त्री खतिवडा गएर वा आएर बजारमा असर नपर्ने बताए । सेयर बजार लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला अर्थमन्त्रीको कारण खासै असर नपर्ने बताउँछन् । पछिल्लो समय बजार विकासका लागि अर्थमन्त्रीले देखाएको सक्रियताले धेरै ठूलो असर नगर्ने उनी बताउँछन् ।
सोमबार ठूलो मात्रामा बजार घट्नुको कारण नाफा बुक गर्ने प्रतिस्पर्धा भएको उनी बताउँछन् । नाफा बुक गर्नका लागि तीब्र प्रतिष्पर्धा हुदाहुँदै बजार ह्वात्तै घटेको उनले बताए । तर, बजार केही दिनमा बढ्ने भन्दै उनले लगानीकर्ताहरुको मनोबल नघटेको दाबी गरे ।