सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

अब लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाट लिखित परीक्षा, क्षणभरमै नतिजा


सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ । 

हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको पाइएपछि विभागले यस्तो व्यवस्था लागू गर्न लागेको हो । सो व्यवस्था कार्यान्वयनमा आएपछि लाइसेन्समा हुने लिखित परीक्षाको अनियमितता हट्ने विभागको विस्वास छ । नयाँ व्यवस्था आएपछि लाइसेन्सको परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नु पर्नेछ । फारम भरेपछि लिखित परीक्षाको मिति, स्थान र समय पाइन्छ । सोही आधारमा सम्बन्धित यातायात कार्यालयमा गएर परीक्षार्थीले कम्प्युटरमार्फत लिखित परीक्षा दिन सक्ने विभागले जनाएको छ । 

नयाँ प्रावधानअनुसार लिखित परीक्षाका लागि कम्प्युटरमा प्रश्न पहिले नै सेट गरिएको हुनेछ । परीक्षार्थीले पहिलेको लिखितको साटो कम्प्युटरमा नै उक्त प्रश्नको उत्तर दिनुपर्नेछ । यसबाट कम्प्युटरले तत्काल पास फेल बताइदिने छ । त्यसपछि सो विवरण यातायातको सर्भरमा सेट हुनेछ ।
यसका लागि अहिले विभागले अटोमेसन सफ्टवेयर तयार पारिरहेको छ । कम्प्युटरबाट परीक्षा दिनका लागि आवश्यक सबै पूर्वाधार बनाउन केही महिना लाग्ने विभागले बताएको छ । सो सफ्टवेयर बनिसकेपछि दैनिक सात हजारले परीक्षा दिन सक्ने विभागको भनाइ छ । 
साभार : रातोपाटी