सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

चितवनको तिन वटै वडामा नेपाली कांग्रेस विजयी

चितवनको उप–निर्वाचनमा नेपाली काँग्रेसले बाजी मारेको छ। चितवनको तिन वटै वडामा नेपाली काग्रेस विजयी भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा काँग्रेसका अमृतराज हमाल, खैरहनी नगरपापलिकाको वडा नम्बर ४ मा बेद बहादु अधिकारी र खैरहनी ५ मा प्रतिमा कार्की विजयी हुनु भएको हो । भरतपुर १६ मा आईतवार बिहान पौने ३ बजे सकिएको मतगणनामा काँग्रेसका अमृतराज हमालले ३ सय ८ मतअन्तरका साथ बाजी मार्नु भएको हो । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गर्नु भयो ।गत निर्वाचनमा यस वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार चतुर्मान गुरुङ बिजयी हुनु भएको थियो उहाको निधन भएपछि उप–निर्वाचन गरिएको हो । कूल ६ हजार २ सय ५० मत खसेकोमा १ सय २१ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हमालयद्वयसंग प्रतिसपर्धा गरेका अन्य उम्मेद्वारले नगण्य मत मात्रै प्राप्त गरे । वडा नम्बर १६ मा काँग्रेसलाई राप्रपा संयुक्तले समेत समर्थन गरेको थियो ।
यस्तै पुर्बी चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेसनै विजयी भएको छ ।शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्धार खैरहनी ५ मा प्रतिमा कार्की बस्नेत र खैरहनी ४ मा बेद बहादु अधिकारी विजयी भएका हुन ।वडा नम्बर ५ मा नेपाली काँग्रेसकी उम्मेद्धार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नु भएको हो । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गर्नु भएको छ। त्यस्तै खैरुहनी ४ मा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले नेकपा बेद बहादुर अधिकारीलाई १ सय ५२ मत अन्तरले पराजित गर्नु भएको हो । बस्नेतले ११ सय ३८ र अधिकारीले ९ सय ८६ मत प्राप्त गर्नु भएको थियो ।
साभार : कालिका News